logo
  • सोमबार, असोज १२ २०८३

तीन ठाउँबाट खुट्टा भाँचिएपछि बिस्तारामै, विकको उपचारमा सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल,गुल्मी असोज ७।
इस्मा गाउँपालिका ४ दोहली मौलीपोखराका तेज बहादुर विकको तीन ठाउँबाट खुट्टा भाँचिएरपछि उपचार खर्च नहुँदा समस्या परेका छन् । कामकै शिलसिलामा लडेरपछि तीन ठाउँबाट खुट्टा भाँचिएको हो । बिपन्न दलित परिवारमा उपचार गर्ने उपाय नभएपछि छिमेकी खिम अधिकारीले सहयोग संकलन अभियान संचालन गरेका थिए । उनलाई अधिकारीले सोमबार २५ हजार १ सय ६० घरमै पुगेर हस्तान्तरण गरे ।
भारतमा काम गर्दै आएका रामचन्द्र खड्का र बिष्णु बिष्ट, अर्जुन बिष्ट र रामु बिष्ट लगायतले उठाएर पठाएको १४ हजार १ सय ६० र गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीबाट संकलन गरेको ११ हजार विकलाई प्रदान गरिएको अधिकारीले जानकारी दिए । उनले अस्पतालमै भएका बेला पनि आफु लगायत गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधीबाट ६ हजार ५ सय सहयोग उठाएर सहयोग गरेको बताए ।

साथै गाउँपालिकाले यातयात खर्च बापत ५ हजार सहयोग गरेको थियो । सहयोग गर्ने अधिकारीसहित सवैलाई आभार प्रकट गर्दै विकले पुरै उपचारलाई एक लाख बढि रकम आवश्यक पर्ने र काम गरेर खाने आफुहरुसंग केहि उपाय नभएकाले समस्या भएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend