साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी असोज ६ ।
गुल्मी सेवा समाज कतारले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका २ देउरालीका पहिरो पीडित दस घर परिवारलाई राहत स्वरुप एकमुष्ट (४७,११५) सड्चालिस हजार एकसय पन्ध्र रुपैयाँ प्रदान गरेको हो ।

पहिरो पीडित नरबहादुर पछाइ, टेकबहादुर कार्की, शिव महत, कमला बिक, कर्ण महत, तुलमान सिंह खत्री, राम नेपाली, दिलबहादुर कुमाल र खती सारुको परिवारलाई प्रती परिवार चारहजार सातसय रुपैयाँका दरले प्रदान गरिएको थियो ।
बढिक्षति पुगेका रुद्र बहादुर बिकको परिवारलाई चारहजार आठसय पन्ध्रका साथै समाजका प्रमुख सल्लाहकार बुद्ध पाण्डेले नगद रकम एघारहजार एकसय एघार रुपैयाँ ब्यक्तिगत रुपमा सहयोग गर्नु भएको हो ।
सोमबार एक कार्यक्रमका बिच समाजका सचिवालय सदस्य अच्युत पौड्याल तथा सल्लाहकार नारायण केसी अर्यालको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गुल्मी सेवा समाज कतारले यस अघि गुल्मीको इस्मा गाउँपालिका हस्तिचौर र रुरुक्षेत्र गाउँपालिका बम्घा आटिपाटाका पहिरो पीडितहरुलाइ आर्थिक सहयोग गररिसकेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा गुल्मीको विभिन्न स्थानबाट कतारमा कार्यरत रहेका गुल्मेलीहरुको साझा संस्था गुल्मी सेवा समाज कतारले जिल्ला भित्रका विभिन्न समस्याहरुमा मल्हम लगाउने काम गर्दै आएको छ ।
त्यस्तै समाजले विदेशमा अलपत्र परेका नेपालीलाई खानाको ब्यवस्थाका साथै नि:शुल्क टिकटको ब्यवस्था गर्दै आएको छ । जिल्लामा एम्बुलेन्स सेवा प्रदान गरिसकेको समाजले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै प्रत्येक वर्ष जिल्ला भित्रका १२ वटै स्थानीय तहका दुई-दुईवटा विद्यालयहरुमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।









© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend