logo
  • सोमबार, असोज १२ २०८३

गाउँपालिका स्तरीय बिपद ब्यबस्थापन समितिको समिक्षा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान असोज ६ ।

कोरोना भाईरस (कोभीड १९) लगायत महामारी जन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिका स्तरीय बिपद ब्यबस्थापन समितिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।गौमुखी गाउँपालिका प्युठानको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले महामारी रोकको रोकथाम तथा नियन्त्रण,बिपद कार्यमा जनप्रतिनिधि ,बिपद ब्यबस्थापन समिति ,कर्मचारी तत्काल उद्दारमा खटिनु पर्ने,कोरोना संक्रमणले निम्त्याएको समस्या ,र निकट भबिस्यमा संक्रमणले तीब्र रुप लिने हुदा सबै सचेत हुनु पर्ने,महामारीले शैक्षिक क्रियाकलाप ,बिकास निर्माणको काम,गाउँपालिकाले दिने सेवा प्रभावित भएको र नजिकै आइरहेको चाडपर्बमा समेत सचेत हुन सबैमा अनुरोध गर्नु भयो ।हाल सम्म बिपदको घटना सम्बन्धमा समिक्षा गर्दै आगामी रणनीति तयार गरेको छ । जस्मा यातायातका निजि तथा सार्वजनिक साधनहरु मापदण्ड अनुसार चले नचलेको सम्बन्धि निकायले रेखदेख ,अनुगमन तथा कार्बाही गर्ने ,प्रत्येक साबिक वडामा कम्तीमा३-५ जना सदस्य रहने गरि कोरोना भाइरस रोकथाम नियन्त्रण तथा अनुगमन समिति गठन गरि देश बिदेश बाट आएकाहरुको विवरण अध्याबधिक गरि होम क्वारेन्टाइनमा बस्न ब्यबस्थापन मिलाउने निर्णय गर्दै समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend