साझा नेटवर्क
चक्र चन्द,काठमाडौं असोज ६ ।
चाडपर्व नजिकिए सँगै नेपाली साँगितिक बजारमा विभिन्न पर्व विशेष गितहरु सार्वजनिक हुने गर्दछन् । त्यसै सिलसिलामा नेपालीहरुको महान पर्व वडादशैंको अवसर पारेर लोकप्रिय गायक नारायण घर्तीले “म परदेशी ” बोलको गित सार्वजनिक गरेका छन् ।
नारायण घर्तीको सुमधुर स्वर रहेको गितमा गोबिन्द न्यौपानेको लय र स्वयं गायक घर्तिकै उत्कृष्ट शब्द सिर्जना रहेको छ । रामचन्द्र चन्दको (एरेन्ज ) संगित संयोजन रहेको गीतको म्युजिक भिडियोमा पछिल्लो समयका भाइरल अर्जुन बि क र रमा थपलियाको दमदार अभिनय देख्न सकिन्छ । भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन अनि सुरेस श्रेष्ठले छायांकन रहेको छ । गीतमा प्रदेशी हुँदाको पिडा,चाडवाड आउँदा घरदेश,रितिरिवाज र आमाको माया, समाज र छिमेकीको झल्कोले रातदिन पीरलेको यथार्थ कहानीलाई समेटिएको कहानी सुन्न र हेर्न सकिन्छ ।
गीतको म्युजिक भिडियो Ramchandra Chand को official You Tube च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend