logo
  • शुक्रबार, असोज ९ २०८३

भाइरल जिया भुसालद्वारा अभिनित पहिलो भिडियो “रातो धागो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल असोज ६ ।
पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो ” मार्फत कलाकारितामा अघि बढाएका छन् , पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ ।

नारायण थापाको लय रहेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भिडियोमा सन्तोष शर्मा , परि शर्मा, जिया भुसाल लगाएतको कलाकारको दर्दनाक अभिनय रहेको छ l परदेशिएका युवाको कथा लाइ समेटिएको छ भने अल्पायुमै श्रीमानले संसार छोडेर गएपछि श्रीमती र लालाबालले पाउने पिडा भिडियोमा मनै छुने गरि प्रस्तुत गराइएको छ ।

अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा बजारमा सार्बजनिक भएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । गीतले दर्शक श्रोताहरुको मन जित्नेमा निर्माण पक्ष्यले अत्यन्तै आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend