साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान असोज ५ ।
गत शुक्रबार राती परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोको कारण गौमुखी बासिको जनजीवन कष्टकर बनेको छ ।
वाढी र पहिरोले गौमुखी गाउँपालिका २ अर्खामा रहेको अर्खा १ हुदै अर्खा २ सवरा गौमुखी जोडने घट्टेखोला झोलुङ्गे पुल बगाउदा आवातजावतमा कठिनाइ भएको घरहरु पहिरोको उच्च जोखिम र खानेपानीका मुहानहरु पहिरोले क्षति गरेको वडा न २ का अध्यक्ष डोर बहादुर रानाले बताउनु भयो । त्यसैगरि रजवारामा पनि धेरै घरहरु जोखिममा रहेको मोटर बाटो बगाएको ३ रजवाराका वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी गराए ।
भने गौमुखीमा भौगोलिक बनाबट नमिलेकाले हरेक बर्ष दैबिक प्रकोपले धेरै धनजनको क्षेति गराएको स्थानीयहरु बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend