साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु असोज ४ ।
कोरोना कहरका बिचमा केही दिन अघि मात्र जिल्लाभर नै अभियानको रूपमा सम्पन्न फुड बैंक सञ्चालन गरी करिब ८०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको टीमले आहिले वाणगंगा नगर सरसफाइ अभियान सुरु गरेको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर हप्ताको हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, हप्तामा २ घण्टा राष्ट्रको लागि भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै फुड बैंकको टीम अहिले सरसफाइ अभियानमा लागि परेको छ ।

यद्यपि यो औपचारिक नभएपनि यसलाई एउटा सुरुवातको रूपमा लिन सकिने र अर्को शनिबार असोज १० गतेबाट यसलाई औपचारिक रूपमा सुरु गरेर हप्ताको प्रत्येक शनिबार बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुने गरी अभियानलाई लैजाने र जहाँ नगरपालिका र स्थानीय निकाय पुगेको छैन त्यहाँ हामी पुग्छौ भन्ने कुरा युवाहरु बताउँछन् ।
शनिबार सम्पन्न कार्यक्रममा विवेक पौडेल, विशाल अधिकारी, सुनिता बेल्वासे, मधुसुधन भुसाल, सरोज घिमिरे, निरज भुसाल, सागर बन्जाडे, प्रबिण गौतम, शृजना आचार्य, माधव आचार्य, पवित्रा भुसाल, भीम पौडेलको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend