logo
  • शुक्रबार, असोज ९ २०८३

मुग्लानबाट देखिएको “मुग्लान पारी”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रजिष्मा केसी, नयाँ दिल्ली असोज ४ ।
मुग्लान के हो ? यो कहाँ पर्छ ? पहिला त यो खुल्दुली मेटाँउ अनि प्रसंग तिर लैजाने छु । “मुग्लान” भनेको तत्कालिन मुगलहरुले आफ्नो अधिपत्य कायम गरेको भारतको केहि भुमी हो । मुगलहरुले करिव, करिव आधा भारतमा आफ्नो साम्राज्य बिस्तार गरेका थिए । त्यो बेला बाटै मुगलहरुको राज्यमा जाने माईग्रेन्टहरुलाई “मुग्लानी” भन्न थालियो तर पछि मुग्लानी शब्द नेपाली जनजिभ्रोमा यसरी झुण्डियो समग्र भारत मात्र नभएर अरवदेखि अमेरिकासम्म जाने सबै मुग्लानी भए ।

अव “मुग्लान” शब्द बिछोड, रहर, पैसा, बाध्यता र मायाप्रेमको परिभाषा बनेको छ । पङ्गतिकारले यहाँ “मुग्लान” किन जोड्यो त ? यहाँ बिषय बस्तु नै बाध्यता, रहर, पैसा अनि माया प्रेम बिच रोमल्लिएको “मुग्लानी”को कथा र ब्यथामा आधारित छ । त्यसो त प्रख्यात बाँसुरी बादक रत्न बिक र गायिका कमला बिसीको जोडी आफैमा अब्बल र उदाहणिय छ । उनको जोडी देखेर प्रसंसा गर्ने र डाहा गर्नेको अलग्गै जमात छ । यो जोडीले हिजो मात्रै बजारमा ल्याएको “मुग्लान पारी” नामक दशै गितले सो जोडीको थप चर्चा हुने निश्चित छ ।

पङ्तिकार आफै पनि “मुग्लान” मै भएको कारणले “मुग्लान पारी”को दर्शक रिभ्युलाई यसरी समेट्न सकिन्छ । हाम्रो देशको सायदै घर होला ? जस्को कुनै न कुनै सदस्य कुनै न कुनै कारणले मुग्लान पसेको नहोस । मुग्लान पस्दा पालेका रहरहरु, भोगेका पिडाका चाँङ्गहरु फुकाउन हजार जिभ्रो भएको शेषनागले पनि सक्दैनन । झट्ट सुनिदा सबै रहरहरु बुझिने र सबै पिडाहरु समेटिने गरि “मुग्लान पारी” बनेको दर्शकको मायाले पनि साबित गरेको छ ।

रत्न बिक कै स्वर रहेको र कमला बिसीको संगित रहेको यो दशै गितलाई हुम गैह्रेले लय दिएका छन । करन चैसिरको भिडियो मेकिङ्गमा रश्मी शाह, अञ्जली अधिकारी, रत्न बिक, टिका सानु, बसन्त बर्मा, खगेन्द्र बिश्वकर्मा र भुवन चौलागाईको उत्कृष्ट अभिनय रहेको छ । बालकलाकारको रुपमा राशिका शिँह, ऋदम गन्दर्भ, पुजा खड्का, प्रशंन्न पाठक, अशिम महर्जन र सक्कम तामाङ्गको अभिनयमा हुम गैह्रेको निर्देशन कौसलता देखिन्छ ।

“गरिबीले होनी आमा म प्रदेशी भाको, जति दुख गरेपनि छैन तलब आको, म आउन पाईन आमा… म आउन पाईन.. दशैं र तिहारमा…” गित मर्मस्पर्सी छ । गितले केवल आमालाई मात्र हैन श्रीमति, छोराछोरी, बहिनी लगाएत सबै पक्षलाई समेटेको र छोएको छ । न्याउली चरी गाँउछ होला बिरहको भाका, मेरै बाटो हेर्दा-हेर्दै थाके होलान आँखा, ढाँट्यो दाई भन्छ्यौ होला पाईएन एक हुन, यो तिहारमा मेरा बैनी मखमली नबुन, म आउन पाईन बैनी, म आउन पाईन…. अहिलेको तिहारमा…” मालिका डिजिटलले बजारमा ल्याएको यो कर्णप्रिय गितको दृष्य निर्माण बिशाल मुभिजले गरेको छ ।

यो रिभ्यु तयार पारुन्जेल गितले पचास हजार भ्युज पाईसकेको छ । समग्रमा सबै पक्षलाई समेटेको गितले मुग्लानी मनलाई जित्ने पक्का छ । पारिवारिक भिडियो बनेको छ, सबैले माया गरिदिनुहोला, गायिका कमला बिसीले टेलिफोन वार्तामा भनिन । समय सापेक्ष बनाउनको लागि कोरोनाको कहरबाट मुग्लानीमा पारेको प्रभाव थप्न भनें निर्माणपक्ष चुकेको छ । समग्रमा गित मर्मस्पर्शी र कर्णप्रिय बनेको छ ।

चरा खस्ने तातो घामले निसासिन्छु जैले, आमा तिम्रो मुख देख्न पाउने होला कैले, रहर हैन बाध्यताले आएँ मुग्लान पारी, कहिले होला फर्काउने बन्दकीको बारि, म आउन पाईन आमा….. आमा संगको यो पत्र रोदनले नेपाली बाध्यतालाई चित्रण गरिएको छ । बोल माया फेम अञ्जली अधिकारी र दोहोरी क्विन टिका सानुको अभिनयको फ्यानहरुलाई यो भिडियोले निरास बनाउदैन ।

रत्न बिक र कमला बिसीको जोडीको मेहनत यो भिडियोमा देखिएको छ । देश नै सुनसान बनाईदिने यो “मुग्लान” अनि रहर र बाध्यता बिच पिल्सिएको यो मुग्लानीलाई “मुग्लानपारी”ले सचित्र वर्णन गरिदिएको दर्शक रिभ्युमा देख्न सकिन्छ । युट्युवमा अधिकाँश दर्शकहरुले पनि भिडियो “राम्रो” बनेको प्रतिकृया दिएका छन ।

‘म अभिनय भन्दा पनि दोहोरीमा बढि चिनिन्छु तर गितको कर्णप्रिय आवाजले बहिनी बनेर अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्यो अनि कोषिश गरेकी छु’ गायिका टिका सानुले भनिन । “मुग्लान पारी”ले मन मात्र जित्दैन ब्यवसायिक रुपमा पनि सफल बन्नेछ भन्नेमा दर्शक रिभ्युबाट यहि आंकलन गर्न सकिन्छ ।


हेरौं गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend