logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा पनि मनाईयो “संविधान दिवस”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली राजदूतावास कतारको आयोजनामा “राष्ट्रिय दिवस तथा बिशेष संविधान दिवस” कार्यकम  सम्पन्न  भएको छ । दूतावासको सभाहलमा सनिवार सम्पन्न कार्यक्रममा दूतावास परिवार तथा  कतारका नेपाली समाजका अगुवा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा  महामहिम राजदुत  डा. नारद नाथ भारद्वाजले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु–भाषागत, बहु–धार्मिक, बहु–सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो रहेको बताएका थिए ।

साथै  नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेको खुशी ब्यक्त गरेका  थिए ।

नेपालको संविधानले सबै नेपाली नागरिकको समानता, स्वतन्त्रता, गरिमा र मानबअधिकारको ग्यारेन्टी दिएको र देश बहुजातीय, बहुभाषि, बहुधार्मिक, बहु सांस्कृति र भौगोलिक दृष्टिले  विविध बिशेषताको मुल्य मान्यता का साथै सामाजिक आर्थिक र सांस्कृतिक विकासलाई बढावा दिएको बताएका थिए ।

दूतावास प्राङ्गणको सभाहलमा दिपप्रज्वलन गर्दै सुरुवात र केक काटेर समापन गरिएको कार्यक्रमको संचालन  ऋचा भट्टराईले गरेकी  थिईन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend