logo
  • शुक्रबार, असोज ९ २०८३

“म त बाग्लुङ, तिमी पाल्पाको” गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं ।
रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

‘स्कूल जाँदा सँगसँगै जान्थ्यौ
नजिक आउँथ्यौ बोल्न चाहीँ लजाउँथ्यौ’…’

यो लोक दोहोरी जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ । आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माणमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend