साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज ०१ ।
चाडपर्व नजिकिएसँगै लोकप्रिय गायक रामचन्द्र चन्द र कमला पोखरेलको स्वरमा रहेको दशैं तिहार विशेष गित ‘चाडबाड आउँदा’ सार्वजनिक भएको छ । हुम गैरेको निर्देशन एवं सम्पादन रहेको गीतमा केशवराज न्यौपानेको उत्कृष्ट शब्द संगीत रहेको छ ।
गीतमा बसन्त महर्जनको छायाङ्कन रहेको छ भने गीतको भिडियोमा अर्जुन बिक र रुबिना अधिकारीले अभिनय गरेका छन् । समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उजागर गरेका छन् । समाज जतिसुकै परिष्कृत भएपनि आजका दिनसम्म आइपुग्दा समेत यहाँ ‘हुँदा खाने र हुने खाने’ बीचको खाडल झनै गहिरिँदै गएको भन्दै त्यस्ता वर्गको पीडा टिपेर शब्दमार्फत व्यक्त गर्ने प्रयास गरेको न्यौपाने बताउँछन् ।
गित रामचन्द्र चन्दको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend