साझा नेटवर्क
हुमाकान्त पाेखरेल, गुल्मी भदाै ३०।
जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ मल्दिका पहिराे प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको छ । गत असार १८ गतेकाे पहिराेबाट प्रभावितहरूलाई राहतस्वरूप नगद प्रदान गरिएको हाे । बुधबार एक कार्यक्रमका बीच उक्त वडाका ५८ परिवारलाई कुल एक लाख ४८ हजार आठ सय प्रदान गरिएको हाे ।

जसमध्ये मृतक परिवार `क´ वर्गकालाई प्रति परिवार चार हजार पाचँ सयका दरले, `ख´ वर्गका परिवारलाई प्रति परिवार तीन हजार तथा `ग´ वर्गका परिवारलाई प्रति परिवार एक हजार सात सयका दरले वितरण गरिएको छ । शिक्षक समेत रहेका साेही वडाका स्थानीय बाबुराम पन्थीले फेसबुकमार्फत सहयोग अभियान सुरू गरेका थिए ।
उक्त अभियानबाट देश तथा विदेशबाट अहिलेसम्म कुल एक लाख ९० हजार नाै सय संकलन भएकाे छ । जसमध्ये ४२ हजार एक सय यसभन्दा अगाडि नै वितरण गरिएको सहयोग संकलनकर्ता पन्थीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend