साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं भदौ ३१ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ । कुल संक्रमितमध्ये निको हुनेको दर ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend