साझा नेटवर्क
-किरण अधिकारी ।
प्रेम एक प्राकिृतिक शक्ति हो पारस्परिक खुशी र स्नेहको विस्तृत रूप हो । प्रेम भावनात्मक तबरले एउटा मनबाट अर्को मनसंग मेल खानु प्रेम हो । प्रेम जिवन हो प्रेम खुशी हो प्रेम सुख हो, तर आजभोलि धेरै प्रेमहरू आसु भएको छ । प्रेममा दुख भएको छ, प्रेम दर्दनाक चोट दिईरहने बिषालु काडा भएको छ ।

केहि भनाई अनुसार प्रेम दुई व्यक्ति बीच एक असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । र जति गहिरो हुन्छ त्यति नै प्रेम सफा हुन्छ । प्रेम आत्माको स्वाभाव हो । प्रेम सबैको नैसर्गिक अधिकार हो प्रेम । जब प्रेम कसैसंग हुन्छ जिवनमा सबैथोक पुरा भएको आभास हुन्छ । संसारकै सबैभन्दा खुशी र भाग्यमानी मान्छे आफु नै हो जस्तो अनुभूति हुन्छ ।
जब प्रेममा विस्तारै धमिरो लाग्दै जान्छ । जिवन उजाड मरुभुमि जस्तै भएको आभास हुन्छ । जहाँ केवल उजाडपन र संनाटा मात्र हुन्छ । आफ्नो मन भित्र अन्धाधुन्ध रूपमा उथलपुथल भैरहेको हुन्छ । हामीहरु सबैसंग गहिरो प्रेमले भरिएको मुटु हुन्छ । यदि मनको आँखाले हेर्ने हो भने त्यो कसैले देख्न सक्छ कसैले सक्दैन त्यो व्यक्ति अनुसार फरक पर्ने कुरा न हो ।
हिजो-आज प्रेममा धेरै तगारोहरूले पन्छाएको मात्र देख्छु । प्रेम गर्न सजिलो हुन्छ । यसलाई निभाउन त्यति सजिलो छैन । प्रेममा रमाइलो हुन्छ यसमा हर खुशी मिल्छ । प्रेम गरिन्छ निश्च्छल प्रवित्र रूपमा हरेक बाचा बन्धन पनि गरिन्छ । जिवन भर नछुटिने कसम खाईन्छ । हर सम्भव प्रयास गरिन्छ । संगै जिवन बिताउनलाई, तबसम्म-जबसम्म जिवन साथि बन्ने समय आउदैन ।
जब जिवन साथी बन्ने समय आउँछ तब अबरोधै अबरोध मात्र खडा भएर आउँछन् । अनी त्यो प्रेमको बाटोलाई मोडिदन्छन । साँचो प्रेमलाई निभाउन त्यति सजिलो छैन जती बोलिन्छ । जती प्रेमलाई सहज रुपमा लिइन्छ । प्रेम हरेक पल खुशी उमंगहरू मात्र कहाँ आउछन र समस्या आउछन नै आउँछन चाहे पारिवारिक होस आर्थिक र सामाजिक हरेक किसिमका हुन् सक्छन । त्यसलाई कसरी निराकरण गरिन्छ, भन्ने कुराले साचो प्रेमलाई अर्थाउछ ।
यदि साचो प्रेम गरिन्छ भने हर कठिनाइसंग जुध्न सक्ने सामर्थ्य राखिन्छ । बास्तवमा त्यो नै साचो प्रेम हो । समस्या आएकै कारण प्रेम सम्बन्धलाई छोडिदिनु र अगाडि बढाउन नसक्नु साँचो प्रेम पक्कै हैन । जस्तो सुकै परिस्थितिमा संगै अगाडि बढ्ने हिम्मत-साहस र आट गरिन्छ भने समस्याको समाधान निस्कन्छ । आजभोलि समस्याहरूसंग जुध्न नसकेर प्रेमलाई कुरबानी दिएको देखिन्छ ।
प्रेम अनमोल हुन्छ । तर, निःशुल्क पाइन्छ तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ । प्रेम न त बेच्न सकिन्छ न किन्न नै । कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् । प्रेम एक सर्वशक्तिशाली अनुभुति हो । प्रेम गर्छु भनेर हुदैन यो स्वतस्फुर्त रूपमा हुनेको कुरा ।
एउटा बच्चालाई आमाको प्रेम जति महत्वपूर्ण हुन्छ । साचो प्रेम गर्ने जोडिहरु बिच पनि त्यस्तै किसिमको महत्वपूर्ण भूमिका हुन्छ । यसलाई मनभित्र अन्तस्करणबाट हेर्ने हो भने प्रेम सबै जाएज हुन्छ । माया-ममता रिष-राग आबेग सबैको संयोजन नै साँचो प्रेमको मुर्तरुप हो । आजभोलि धेरै जसो आकर्षणलाई साचो प्रेम भनेर वर्णन गरिएको पाइन्छ । उनिहरु बिच प्रेम केहीपलको लागि हुन्छ ।
कुनैपनि कुराको आकर्षणबाट आकर्षित भएको हुन्छन् केही समय बेतोडले माया साट्छन र विस्तारै त्यो आकर्षणको महत्व कम हुँदै जान्छ । अनि प्रेम पनि हराउँदै जान्छ, क्षेणिक आकर्षकबाट हुने प्रेम यत्रतत्र जताततै छताछुल्ल रूपमा देखिएको हुन्छ । साचो प्रेम ह्दयले अनुभूति हो प्रेम गहिराई हो । मौनता अनि हृदय भित्र लुकेको निकै सुसज्जित मनमोहक आभास हो ।
जो हजारौसंग हजारौं बार प्रेम हुन्छ् । त्यो साचो प्रेम होईन् । जो एक व्यक्तिसंग बार-बार हजार बार प्रेम हुन्छ्, त्यही नै साँचो प्रेम हो । सम्बन्ध केवल एक दिनको लागी मात्र होईन । जिबन भरको लागि हुनुपर्छ । त्यो साचो प्रेम हो र सम्बन्धको असली अर्थ/परिभाषा र पहिचान हो । साचो प्रेमको उत्पत्ति त एक अर्का बीचको समर्पणले मात्र होईन यो त प्रेम र प्रेमी बिचको आत्मीय बुझाइले मात्र हुने गर्दछ ।
मान्छेहरु भन्छन् “जसलाई हदभन्दा धेरै प्रेम गरिन्छ, उसैले प्रेमको कदर समेत गर्दैन ।” साचो त यो हो “जसले प्रेमको कदर गर्छ ।उसलाई कसैले प्रेम गर्दैन” जतिसुकै चोट र धोका खाएपनि साचो प्रेम कहिल्यै घृणामा परिणत हुदैन । जहाँ जहिले पनि मिलनको सम्भावना कम हुन्छ । प्राय त्यही मान्छेसंग साचो प्रेम भैदिन्छ । साँचो प्रेमको अर्थ मिलन मात्र हैन विछोड पनि हुन सक्नुपर्छ भन्छन् ।
तर मत भन्छु यदि प्रेम साचो थियो भने कहिल्यै छोडेर जाने थिएनन् । बिछोड हुनुपर्छ भने त्यो साँचो प्रेम हुदैन त्यो त कसैको जिवन वर्बाद गर्नेको लागि खेलेको खेल हो । साचो माया त सधै मिलनमा हुने गर्दछ । मिलनको अर्को रूप नै साँचो मायाको दरिलो प्रमाण हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend