logo
  • सोमबार, असोज १२ २०८३

निर्माण कम्पनीको लापर्वाही : काम सकिएको सडक समयमै बुझाउन नसक्दा सडक नै छिया छिया


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मनोज कार्की, गुल्मी भदौ २७ ।
मदन भण्डारी राजमार्ग अन्तरगर्त तम्घास सिमलटारी प्युठान सडकखण्डको कालोपत्रे गरिएको २/३ बर्षमै सडक छिया छिया हुन पुगेको छ । २०७०/७१ साल देखि हाल सम्म ४० कि.मी सडक निर्माणका लागि ६ वटा कम्पनीले ठेक्का पाएका थिए । तर तम्घास अर्खले देखि छल्दी पनाह खोला १० कि.मि निर्माणको ठेक्का पाएको कालिका प्यासिफिक जे.भी काठमाडौँले निर्माण गरेको सडक समयमै बुझाउन नसक्दा कालोपत्रे गरिएको सडक छिया-छिया हुन पुगेको हो ।

२०७०/७१ सालमा तम्घास अर्खले देखि छल्दीपनाह खोला सम्म १० कि.कि कालिका प्याफिसिक जे.भी काठमाडौँ ,छल्दीदेखि चौरासि सम्म १४ कि.मी एस.वि.ए प्यासिफिक जे.भी काठमाडौँ, चौरासि देखि सिमलटारी ढावासम्म एस. बि.ए प्यासिफिक समिर जे.भी काठकाडौँ र सिमलटारी ढावादेखि पुर्कोट दह सम्म आशिष बाँसुरी सुनिल समिर जे.भी गुल्मीले सडक निर्माणको जिम्मा पाएका थिए ।

तर सबै निर्माण कम्पनीले काम सकि मदन भण्डारी राजमाग योजना कार्यालयलाई बुझाएता पनि तम्घास अर्खले देखि छल्दीपनाह खोला सम्मको सडकको जिम्मा लिएको कालिका प्याफिसिक जे.भी काठमाडौँले हाल सम्म बुझाउन सकेको छैन् । सडक निर्माण कम्पनीले ०७०साल देखि ०७६ साल चैत्र सम्म पटक पटक म्याद थपी सडक निर्माणको काम सकेता पनि यसलाई कार्यालय सम्म बुझाउन सकेको छैन् ।

सडकका बिभिन्न भागमा कालोपत्रे चिरएिको छ भने कैयौँ ठाउँमा खाल्टा परिरहेका छन् । सडक देखिएका यस्ता किसिमका समस्या गुल्मेली जनताले खेप्दै आएका छन् । कतिको त सडककै कारण आफुहरुको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले निबासि प्रेम कुमारीले बताइन् । उनको घर जस्तै आफ्नो घर अगाडि सडक चिरिएर दब्दा आफुहरु पनि समस्यामा पर्दै आएको र समस्या वडा अध्यक्षलाई बारम्बार जानाकारी वडा नै मौन रहेको गुनासो गर्नुहुन्छ इन्द्र बाहदुर कुवँर ।

कुवँर भन्नुहुन्छ “यसरी सम्बन्धित निकायले समस्या नसुनिदिदाँ हामीहरु मारमा परेका छौँ” पर्दै आएको बताउँनुहुन्छ ।
सडकको समस्या बारे आफुपनि जानाकार रहेको सडक निर्माणका पहलका रेसुङ्गा नगरपालिका र सडक निर्माण कार्यालयलाई जानाकारी गराई रहदाँ पनि सम्बन्धित सस्था चुप बसेको वडा नं ४ का वडा अध्यक्ष बिजय मरासिनीले बताए ।

०७०साल देखि ०७६ साल चैत्र सम्म पटक पटक म्याद थपेको र समयै बुझाउन नसक्दा ठेक्काको रकमको १० प्रतिशत जरिवान काटेर मात्र सडक निर्माण कम्पनीलाई रकम भुक्तान गर्ने मदन भण्डारी राजमाग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख ई.सुनीत के.सीले बताए । अब समयमै कार्यालयमा सडकको पुरा काम सम्पन्न गरि नबुझाएमा कार्यालयले कानुनी कार्वाहि अगाडि बढाउने ई. सुनीत के.सिले बताए ।

नागरिकले सडकमा भोग्दै आएको समस्यालाई समधान गर्ने रेसुङ्गा नगरपालिकाका मेयरले डिल्लीराज भुसालले तुरुन्तै कार्यालयका प्रमुखलाई फोन गरि तत्काल सडकको समस्या न्युनिकरण गर्ने आग्रह गरे । बिग्रिएको सडक मर्मतको लागि निर्माण कम्पनी वा सडक बिभाग पन्छिन् नपाईने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

योजना कार्यालय सडक लिन मान्दैन : ईन्जिनियर बिशाल कटुवाल
आफ्नो काम सबै सकाईसकेको तर सडक बुझाउन जादाँ सडकनै कार्यालयलले लिन नमानेको कालिका प्यासिफिक जे.भी काठमाडौँका ईन्जिनियर बिशाल कटुवालले गुनासो गरेका छन् ।

आफुहरु सडकको काममा मौन नरहेको र योजना कार्यालयले सडक लिन इन्कार गरेपछि सडक हस्तान्तरणमा ढिला सुस्ती भएको ईन्जिनियर बिशाल कटुवालले दाबी गरे । आफु नयाँ भएको र सडकको अबस्थाको बारेमा १२ दिन अगाडि मात्रै भएको आफुलाई जानाकारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend