साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान भदौ २७ ।
चाडपर्ब नजिकिए सँगै गौमुखी गाउँपालिका प्युठानले बजार अनुगमन थालेको छ । गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारको संयोजकत्वमा खटिएको बजार अनुगमन टोलिले गाउँपालिका वडा न ७ नारिकोटका ४० पसल अनुगमन गरेको हो ।
बजार अनुगमनमा किराना पसल ,फेन्सी पसल ,होटेल ,गोदाम ,उधोग ,बोइलर फर्ममा मुल्य सुची ,साइनबोर्ड ,ब्यबसाय दर्ता तथा नवीकरण ,नापतौल प्रमाण ,लेबल,म्याद नाघेको सामाग्री तथा लिनेदिने प्रक्रिया ,कोरोना भाइरसको संक्रमण फैलिएको सन्दर्भमा सरसफाइ साबुनपानी स्यानीटाइजरको ब्यबस्था र सामाजिक दुरि कायम भए नभएको अनुगमन गरि सल्लाह सुझाव दिएको छ । गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले गौमुखी गाउँपालिका भित्र रहेर ब्यबसाय गर्ने जो कोहिले पनि अनिवार्य सुचिकृत गरेर ब्यबसाय गर्नु पर्ने र अनुगमन गौमुखीका सबै वडाहरुमा निरन्तरता दिइने बताउनु भयो ।
उपाध्यक्ष सुनारले दसै तिहार नजिकिदै गर्दा स्थानीयबासीहरु ठगिने बाट बचुन भनेर अनुगमनलाई तीब्रता दिएको र क्रेता र बिक्रेता बिच मिति ,मुल्य सुची हेरेर किन बेच गर्न अनुरोध गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend