logo
  • सोमबार, असोज १२ २०८३

कृषिजन्य सामग्रीको उत्पादन गाउँपालिकाले खरिद गरिदिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ २७।
गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी विक्रि गरिदिने भएको छ।

गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशिलता बुटबलबीच सहमति भएपछि किसानको उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो। गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मुल्य नै तोकेर किसानहरुलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरेको छ।

मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको महिला समुहबाट निर्मित तितौरा ३८० रुपैँया प्रतिकेजिमा खरिद गरिदिने भएको छ। त्यस्तै मुलाको सिन्कि (गुन्द्रुक) प्रतिकेजि चार सय, मुलाको सुकाएको चाना प्रतिकेजि ६०, बेसारको सुकाएको चाना प्रतिकेजि २८५, कोदो प्रतिकेजि ३७ रुपैँयामा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै सोस्ता वा बोडी प्रतिकेजि १५०, ग्रेडिङ गरेको मकै प्रतिकेजि ४०, खैरो भट्ट र सेतो भट्टको लागि प्रति केजि ७०÷७० तथा खैरो गहतको लागि प्रतिकेजि ९० रुपैँया गाउँपालिकाले मुल्य तोकेको छ। त्यसरी संकलन गरिएका सामग्रीहरु सम्झौता गरेको संस्थाले बुटबल लैजाने सहमती भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिँराम पन्थीले जानकारी दिए ।

गाउँपालिकाको उक्त निर्णयले गाउँपालिकाभित्रका किसानहरुले उत्पादन गरेका स्थानीय सामग्रीको विक्रिमार्फत किसानहरुले आम्दानी लिने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend