logo
  • सोमबार, असोज १२ २०८३

सैनामैनाको योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको वृक्षारोपण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

केशव भण्डारी, बुटवल भदौ २७ ।
रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटीको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले चिकित्सालय परिसरमा अमृतवृक्ष, अमला, हर्रो र वर्रो लगायतका जडिबुटीका विरुवा रोपिएको हो ।

पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको नवौं स्थापना दिवसको अवसर पारेर वर, पिपल, स्वामी,आँप लगायतका विरुवा पनि रोपिएको चिकित्सालयका अध्यक्ष राम प्रसाद भटट्राईले जानकारी दिनुभयो । चिकित्साकेन्द्रमा आँपको छुट्टै बगैचा नै स्थापना गरिएको छ ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै सैनामैना नगरपालिका वडा नम्वर एकका अध्यक्ष केयरसिंह गलामी मगरले अहिले प्राकृतिक चिकित्सा उपचारपद्धति मा सवैको विश्वास बढ्दै गएको बताउनुभयो । यसैगरि डाक्टर ध्रुकुमार घिमिरेले बहुउपयोगी र दुर्लभ वनस्पतिका विरुवा रोपिएकाले संरक्षणमा सवैले ध्यानदिनुपर्ने बताउनुभयो ।

यसैगरि सैनामैना नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले प्राकृतिक उपचार पद्धतिलाई प्राथमिकता दिँदा दीर्घजीवन हुने बताउनुभयो । त्यसअवसरमा स्थानीय गोविन्द शर्मा, भगवती आचार्यले आफ्नै पहलमा रोपिएका बर, पिपल, स्वामिका रोपिएका विरुवाको संरक्षण गर्नै प्रतिवद्धता जनाउनुभएको थियो ।

हाल प्राकृतिक चिकित्सालयलाई कोरोना विशेष अस्पताल र क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ । कार्यक्रम संस्थाका सचिव रामबहादुर कुँवरले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend