साझा नेटवर्क
प्रीय साबित्रा ,
मुटु भरीको न्यानो माया अनि,
अविस्मरणिय मायाका सौगातहरु स्वीकार गर ल… !
थाहा छैन मैले सहि गरेको छु वा गलत ? तर मनले चुप लागेर बस्नै मानेन । सधैको बेचैनी, सधैको चिन्ता । आज यस विषयलाई छिनोफानो गर्ने निर्णय गरेँ मैले । हुन त मैले तिमिलाइ नजिकबाट नियालेको छैन । नत तिमिले मलाई नै नियालेकी छौ । तरपनि कताकता तिम्रो त्यो हेराइमा मैले अर्थ भेटेजस्तो लाग्छ ।

तिमिसङ्गको बारम्बार जंकाभेट, साइबरको पढाई, त्यो क्यारोमबोर्ड, नशालु नजर अनायासै तिम्रो शिर निहुराइ अधरमा चान्चल्य, हो यस्तै-यस्तै कुराले मेरो मुटु रेटे झैँ लाग्छ । मनलाई बाँधुं भन्थेँ धड्कनमा नै तिमी । आँखा चिम्लेर तिमिलाइ नदेखुँ भन्थेँ कलपना मै तिमी । ल तिमी आफै भन न, म कसरी चैन सँग बाँच्न सक्थेँ ?
तिमी फूल हौ, तरेलिहरु बुनिएर जतनसँग बनेकी तिमी जून हौ । ताराहरुको माझ अद्वितीय बनेर रहेकी तिमी सबै हौ, तिमी पूर्ण छौ । मैले आजसम्म नदेखेको सर्वोत्कृष्ट रूप हौ तिमी । तिम्रो जस्तो मिठो हेराइ, लज्जा अनि शान्त बानी व्यहोरा सायद मैले कमै मात्र देखेको थिएँ । अरुले के देख्छन् तिमिमा थाहा छैन तर मैले तिमिमा सर्वोत्कृष्टता देख्छु । हरेक पक्षहरुमा यी सब तिमी हौ । तर म को हुँ ? कस्तो हुँ ? मलाई नै थाहा छैन ।
मेरो बारेमा अरुले के सोंच्छन ? म ठिक छु या गलत छु अहँ मलाई त्यो पनि थाहा छैन । तिमिले पनि मेरो बारेमा के कस्तो मुल्यांकन गर्छेउ ? त्यो त तिमिलाइ नै थाहा होला । तर यहाँ भन्नुपर्दा कसैले कसैलाई मन पराउनु, माया गर्नु उसको नैतिक अधिकार हो । मायामा जातभात, धनी गरिब केही कुराले फरक पार्दैन ।
साबित्रा,
म उभिएको जमिन र तिमी उभिएको जमिन उस्तै छैन । तिमिले जिएको जिबन र मैले जिएको जीवन नितान्त बेग्लै छ । तिमी हाँसेकि हौली र सायद म रोएको छु । तर जे भएनी, जे भोगेनी तिमी अनि म दुबै मान्छे नै हौँ । हामी दुबैमा मन छ, चाहाना छ, रहर छ, तिम्रो मन मेरो मन, तिम्रो चाहना मेरो चाहना यिनिहरुले आपसमा सम्झौता गरे भने ती सारा बन्धन टुट्नेछन, सीमानाहरु खुल्नेछन । अनि एउटा सुन्दर संसारको सृजना हुनेछ । अनि त्यो संसारको सबैभन्दा सुखी र खुशी प्राणी म हुनेछु र सायद तिमी पनि ।
यी त भए मेरा कुरा । तर मैले सोँचेजस्तो नहुन पनि सक्छ । माया के हो ? यस्को अर्थ पनि थाहा नभएको अन्जान म । मैले माया नदेखेको नजरमा शुन्यता, ती नजरका जुधाइहरु अन्जान, निर्वाह अनि संयोग पनि हुनसक्छन । मैले त तिमिलाइ चाहेर पो तेस्तो देखेँ तर तिमिले मलाई नचाहेकी पनि त हुनसक्छ्यौ ।
माया लाएर मात्रै कहाँ पाइन्छ र ? माया कबि को कविता होइन, जो सृजना गर्न बनाउन सकियोस् । माया त आफै हुन्छ आफै बन्छ । म तिमिलाइ माया गर पनि भन्दिनँ । म त धेरै माया गर्छु, चाहान्छु तिमिलाइ र तिमिलाइ भन्न चाहान्छु । के तिमी पनि मलाई माया गर्छ्यौ ? यदी माया लाग्छ भने पत्रको उत्तर छिट्टै दिने प्रयास गर ल …!
-मिसन डटकम
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend