साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं भदौ २६।
कोभिड १९ कोरोना भाईरसका कारण लामो समयसम्म लकडाउन खेप्न परेका तामाङ चलचित्रकर्मीलाई ह्याङला सिने मिडिया हाउसको राहत संकलन तथा बितरण अभियानमा रोशी गाउपालिकाका प्रमुख, निर्माता, निर्देशक तथा समाजसेवी डिबी मोक्तानकोले नगद रु ५०००० पचास हजार सहयोग गर्नु भएको छ ।

त्यसै मार्फत अति समस्यमा परेका तामाङ चलचित्रका कलाकार, प्राविधिक गरेर २२ जनालाई सुपर स्टार नायक कुमार मोक्तानको बाहुल्यतामा राहत बितरण गरेको छ ।
चलचित्रमै जीवन बिताई रहेका थुप्रै कलाकार, नायक नायिका, प्राबिधिक तर्फ लाईटमेन, मेक अप मेन, क्यामेरामेन जस्ता ब्यक्तिहरु समस्यामा परेका कारण राहत बितरण तथा संकलन अभियानलाई निरन्तर दिने ह्याङला सिने मिडिया हाउसका प्रबन्धक निर्देशक तथा सिने पत्रकार जयन कुमार मोक्तान बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend