साझा नेटवर्क
यमलाल भुसाल, बुटवल भदौ २६ ।
रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरि रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवश रक्तदान गरि मनाईएको छ । १३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो ।

सिलवालको मृत्यु पछि ३ महिना अघिमात्र पुनरजिवित भएको नेपाल नियमित रक्तदाता संघले हरेक महिनाको तेस्रो शनिवार नियमित र आवश्यकता अनुसार साताव्यापी रुपमा पनि रक्रदान गदै आएको छ । संस्था पुनरजिवन भएको ३ महिनामै ८ सय युनिट रगत संकलन गरिसकेको संस्थाका अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।

रक्तदान संगै संस्थाले कोरोना संक्रमितलाई आवश्यक पर्ने प्लाज्मा थेरापीको लागि पनि रगत संकलन शुरु गरेको संघका कोषाध्यक्ष तथा प्लाज्मा थेरापी संकलन समितिका समन्वकर्ता दीपक अधिकारीले बताउनु भयो । उहाँले कोरोना संक्रमण भै निको भएका व्यक्तिवाट निकालिने रगतलाई प्लाज्मा भनिने र कोरोना निको भएका व्यक्तिले रक्तदान गर्न डराउन नहुने समेत बताउनु भयो ।

स्मृति दिवश कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासले नियमित रक्तदाता संघ पुनरजिवित हुदाँ गाडीले नयाँ ईन्जिन पाए सरह भएकोले आगामी दिनमा अझ सशक्क्त रुपमा रगत संकलनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । सभापति उदासले स्व. सिलवालको सपना साकार पार्न संस्थाले सामाजिक र रचनात्मक कामलाई अगाडी बढाउदै यस क्षेत्रमा रगतको अभाव हुन नदिन आग्रह समेत गर्नु भयो ।
रुपन्देहीका पहिलो रक्तदाता तथा संस्थाका आजिवन संरक्षक मृगेन्द्र कुमार शेरचनले संस्थालाई व्यवस्थित बनाउन अफिस स्थापना गर्न जरुरी रहेको भन्दै त्यसका लागि आफुले सहयोग गर्ने बताउनु भयो ।
स्व. सिलवालकी धर्मपत्नी रेणु सिलवाल संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारी सचिव महेश खनाल लगायतले रगतको अभाव हुन नदिन सस्थालाई हरेक तह र तप्कावाट सहयोग जरुरी रहेको औल्याउनु भयो । शुक्रवार गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक असेस सिलवालले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend