साझा नेटवर्क
काठमाडौं, भदौ २६।
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend