logo
  • सोमबार, असोज १२ २०८३

बडिगाड गाउँपालिकाद्धारा ढोरपाटन नगरपालिकालाई ४ लाख १३ हजार ५ सय हस्तान्तरण

वाढि तथा पहिरो पिडितहरुको लागि बडिगाड गाउँपालिकाको कार्यालयद्धार सहयोग हस्तान्तरण गरिएको हो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ भदौ २३ ।

ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ वडामा गएको वाढि तथा पहिरो पिडितहरुको लागि बडिगाड गाउँपालिकाको कार्यालयद्धार सहयोग हस्तान्तरण गरिएको छ ।ढोरपाटन नगरकार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच बडिगाड गाउँपालिकाको तर्फवाट २ लाख, पालिकामा कार्यरत निजामति कर्मचारी (स्वास्थ्य समेत) बाट १ लाख र जनप्रतिनिधिहरुबाट १ लाख १३ हजार ५ सय गरि कुल ४ लाख १३ हजार ५ सय हस्तान्तरण गरिएको हो । सो रकम हस्तान्तरण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ढोरपाटन वासिको पिडामा बडिगाड गाउँपालिका पनि संगै रहेको बताउनु भएको थियो ।सो रकम बुझ्दै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले सवैको सहयोग र सद्भावले बोवाङ क्षेत्रले पुर्नजिवन पाउने आशा व्यक्त गर्नुभएको थियो । सो रकम हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा सहित उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, लेखा अधिकृत डिल्ली आचार्य, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend