साझा नेटवर्क
सूर्य सुनार,गुल्मी भाद्र २३ ।
होटल व्यावसाय मंच गुल्मीको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले इस्मा गाउँपालिका २ हस्तिचौर घर भई वडा. न. १ को छिनुवामा होटल व्यावसाय गर्दै आएका २३ वर्षिय मोति बहादुर कुवंरको मृत्यु प्रकरणका अपराधिलाई तत्काल कानूनी दायरामा लिएर कारवाही गर्न माग गरेको छ ।
होटल व्यावसाय मञ्च गुल्मीले आफ्ना सदस्य समेत रहेका कुँवर प्रति मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । होटल व्यावसाय मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले मोति बहादुर कुवंरको कुटपिट बाटै ज्यान गएकाले सम्बन्धीत निकायको ध्यान जानु पर्ने बताउनुभयो । जिल्लाका सम्पूर्ण होटल व्यावसायहरुले सचेत भई काम गर्न र कुनै समस्या आएमा सम्बन्धित निकायमा सुचना गर्न उहाँले आग्रह गर्नुभयो । होटल व्यावसाय मञ्च गुल्मीले विभस हत्यामा संगलग्न अपराधिलाई तत्काल कानुनको दायरामा ल्याई कानुनी प्रक्रिया अनुसार कारबाही गर्न माग गरेको छ ।
साथै यस घटना बाट मृत्यु हुनेमा मोति बहादुरको आत्माको चिर शान्तीको कामना गदैँ सोकाकुल परिवार ,आफन्त जनहरुमा धर्य धारण गरी उक्त अपराधि लाई छिट्टै पत्ता लगाई परिवारमा न्याय प्रदान होस भन्दै होटल व्यावसाय मञ्च गुल्मीले आफनो कार्यालयमा बैठक सम्पन्न गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend