logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा नयाँ प्रहरी प्रमुख श्रेष्ठ, पत्रकारहरुसँग भेट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
२३ भदौ, गुल्मी । गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जिल्लाका पत्रकारसँग परिचयात्मक कार्यक्रम गरेका छन् । केहि दिन अघि सरुवा भएर गुल्मी आएका श्रेष्ठले जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग जिल्लाको वस्तु स्थितीको बारेमा जानकारी लिएका थिए ।


भेटघाटमा जिल्लालाई शान्ति सुरक्षाका लागि आफु सधैँ तत्पर रहने बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले पत्रकारसँग जिल्लाको समसामयिक विषयमा जानकारी लिएका थिए । पत्रकारहरुले जिल्लामा आत्माहत्या गर्ने क्रम दिनानुदिन बढ्दै गएकाले यसबारेमा जनचेतना मुलक कार्यक्रमहरु आवश्यक रहेको बताएका थिए ।

भेटघाट कार्यक्रममा जिल्लामा रहेका विभिन्न संञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । यस अघिका एसपी राजेन्द्रसिंह खड्काको सरुवा भएपछि नयाँ प्रमुखमा एसपी श्रेष्ठ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend