logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा नेकपा र काँग्रेसका कार्यकर्ता बीच झडप २ जना घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सूर्य सुनार,गुल्मी भदौ १९ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर.१२ मा नेकपा र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडभ हुँदा २ जना घाइते भएका छन् ।रानीपोखरी आधारभूत विद्यालयको भवन निर्माणको विषयमा विवादले उग्र रुप लिदा झडप भएको वडाध्यक्ष कुलबहादुर टण्नडनले जानकारी दिनुभयो । भूकम्प पुनः निर्माण प्राधिकरण कार्यालयको आर्थिक सहयोगमा विद्यालयको भवन निमार्ण गर्न लागेको थियो तर नेकपा कार्यकर्ताद्धारा विद्यालयको भवन निर्माण कार्य रोक्न खोजेको वडाध्यक्ष टण्नडनले बताउनुभयो । नेकपा कार्यकर्ताले यस अगाडि देखी नै समाजमा विकास निर्माणको कार्य गर्दा विरोध गर्ने गरेको र उनिहरुले कहिल्यै समाजको विकास नचाहेको बताउनुभयो । नेपाली कांग्रेसले सम्पूर्ण माग पुरा गरी काम अगाडी बढाइएको वडाध्यक्ष टण्नडनले भनाइ रहेको छ । उता नेकपा वडा कमिटिले विद्यालयको विषयलाई लिएर वडा कार्यालयलाई ज्ञापन पत्र पनि बुझाएको तर वडा कार्यालयद्धारा वेवास्ता गरेको वडा कमिटि अध्यक्ष गिरी प्रसाद महाकिमले बताउनुभयो । नेकपा वडा कमिटी अध्यक्ष महाकीमले भनुभयो , आफनो केही मान्छे हरुलाई मनोमानी तरिकाले काम सुम्पिएर आर्थिक अनियमितता गर्न खोजेको उहाँको आरोप रहेको छ । वडाध्यक्षको मिलिमतोमा सहमतिको उलङ्गन गरी एकपक्षीय तरिकाले काम अगाडि बढेको हुँदा यस्तो काम अगाडी नबढाउन खोजिएको महाकीमले बताउनुभयो ।

पटक पटक सहमतिबाट काम अगाडी बढौ भन्दा वडा अध्यक्ष नमिले पछि यस्तो अवस्था आएको उहाँले बताउनुभयो । विद्यालयको भवन निर्माण काम गरीरहेको समयमा मजदुरहरुलाई नेकपा कार्यकर्ताहरुले अवरोध गरेपछी यस्तो नगर्न आग्रह गर्दा नेकपा कार्यकर्ताले हातपात गरेको घाइते चियरसिङ्ग टण्नडनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend