साझा नेटवर्क
बुटवल, भदौ १८।
रुपन्देहीका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । जिल्लामा रहेका ५ वटा उद्योग बाणिज्य संघहरुले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको लकडाउनले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धारासायी वन्दै गएको भन्दै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी निर्वाध रुपमा व्यापार व्यबसाय सउञ्चालन गर्ने वातावरण बनाईदिन सरकार संग माग गरेका हुन् ।
रुपन्देही जिल्लामा रहेका बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, सैनामैना उद्योग बाणिज्य संघ र देवदह उद्योग बाणिज्य संघले संयुक्त रुपमा आज एक प्रेस विज्ञप्ती जारी गर्दै यहि भदौ २० गते पश्चात् निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिम बहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा दैनिक केही समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यबसाय सञ्चालन गर्ने व्यबस्था मिलाउन आग्रह गरेका छन् ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend