साझा नेटवर्क
{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1599006033194","source":"other"}
लक्ष्मी पौडेल,टोकियो भदौ १७ ।
कोरोना भाईरस संक्रमणका कारण जापानमा अगस्ट महिना सम्ममा ५३ हजार ३ सय २६ जनाले रोजगारी गुमाएका छन् । स्वास्थ्य श्रम तथा समाज कल्याण मन्त्रालयका अनुसार यो कोरोना भाईरसका कारण काम दिन नसकेपछि कामबाट निकालिएका तथा काम दिने सम्झौता भएर पनि काम नदिई रोक्कामा परेकाहरुको संख्या हो ।

आन्तरिक मामला तथा संचार मन्त्रालयद्वारा गरिएको श्रम शक्ति सर्वेक्षणको नतिजा अनुसार गत जुलाई महिनामा बेरोजगारी दर २.९ प्रतिशतले बृद्धि भएको छ । जुन् अघिल्लो महिना भन्दा ०.१ प्रतिशतले बढेको हो । उक्त सर्वेक्षणका अनुसार १९ लाख ७० हजार मानिसहरु कुल बेरोजगार देखिए,जुन अघिल्लो वर्षको सोहि समयको तुलनमा ४ लाख १० हजार बृद्धि भएको हो । यस अघि रेस्टुरेन्ट तथा होटल व्यवसायमा मात्र देखिएको रोजगारी गिरावट देखियो थियो भने पछिल्ला महिनाहरुमा उत्पादनजन्य उद्योगहरुमा पनि ठूलोसंख्यामा बेरोजगारी संख्या थपिएको छ ।
सर्वेक्षणमा लेखिए अनुसार,जापानमा कुल रोजगारहरुको संख्या ६ करोड ६५ लाख ५० हजार कायम भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अबधीको तुलनामा ७ लाख ६० हजारले घटेको हो । यस मध्ये आंसिक, अस्थाई तथा करार कर्मचारीहरुको संख्या अधिक रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend