logo
  • सोमबार, असोज १२ २०८३

सन्धिखर्क नगरपालिका वडा नं. १२ झेडिमा फुड बैंक  संचालन।


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल/विक्रम पाण्डे, अर्घाखाँची भाद्र १६
‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ भन्ने नारालाई आत्मसात गर्दै सन्धिखर्क नगरपालिका वडा नं. १२ का विदेशमा रहनु भएका युवाहरु र स्थानीय युवाको सक्रियतामा फुड बैंक संचालनमा आएको हो ।

यस वडा भित्रका सामान्य तथा अति बिपन्न परिवारमा केही राहत पुगोस भनी सन्चालनमा ल्याइएको यस बैंकबाट अत्यावश्यक चामल, नुन, तेल, दाल लगएतका खाद्य सामग्री बितरण गरियो भने आज मात्र ७८ घर परिवार लाभान्वित भएको यस कार्यमा सक्रिय रहेका व्यतित्व बोम बहादुर क्षेत्रीले बताउनु भयो ।

देशमा कोरोनको महामारी चली रहदा रोजगारी गुमि बिहान बेलुकीको जोहो गर्न गाह्रो भएको र विभिन्न जिल्ला/ठाउँ बन्द भै असहज परिस्थिति रहेको अवस्थामा वडा भित्रका युवाहरु एक जुट भएर यस्तो सामाजिक कार्य गर्दा अति विपन्न परिवार लाभान्वित भएको कुरा स्थानिय बुद्धिजीवीहरु लगाएत वडाका जनप्रतिनिधिहरुले बताउनु भयो ।

उक्त कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा फुड बैंकको सुरुवात गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस सन्धिखर्क १२ का वडा सभापती लिलाधर बस्याल, सनपा १२ का वडा सचिव अनन्तमणी पोख्रेल , डिभर्ना आर्युबेदिकका प्रमुख तिलक जङ्ग जनैदार , प्राबिधिक प्रेम खनाल, नगर स्वास्थ्य केन्द्र झेडिकी प्रमुख सन्जु खनाल, आई एम ई लाईफ अर्घाखाँचीका प्रमुख बोम बहादुर छेत्री जानका बिक लगायतको उपस्थिति रहेको थियो ।

फुड बैंक सन्चालनको लागि सन्धिखर्क १२ छाप हाल कतार निवासी बिष्णु शुद्ध कामीद्वारा १५ ,१६३। – रुपैयाँ, साउदीमा रहनु हुने दिपक खड्काद्वारा १०,०००।- रुपैयाँ, मदन खड्काद्वारा ५,०००।- चिरन खड्काद्वारा ३००० ।- रुपैयाँ , नेपाली काङ्ग्रेस वडा सभापती लिलाधर बस्यालद्वारा २,०००।- स.न.पा १ निवासी ऋषि क्षेत्रीद्वारा २,०००।- रुपैयाँ,  वडा कार्यालय झेडी नजिकै निवासी धन प्रसाद श्रेष्ठद्वारा २५ केजी चामल, वडा कार्यालय, स्वास्थ्य कार्यालय, आर्युबेद कार्यालयका कर्मचारीहरुले एक दिन बराबरको तलव कट्टा हुने गरि आर्थिक सहयोग गर्नु भएको छ । कार्यक्रम राहत लिन आउने जेस्ठ नागरिकलाई जानका बिक, वडा अध्यक्ष नारायण खड्का, नेपाली काङ्ग्रेस वडा सभापती लिलाधर बस्यालले संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।

उक्त कार्यक्रममा बोल्दै स.न.पा. १२ का वडा अध्यक्ष नारायण खडकाले युवाहरुको यस्तो कामप्रती आफूले आफ्नो तर्फ देखि सधै साथ सहयोगमा संगै लाग्ने बताउनुभयो त्यस्तै वडा सभापति लिलाधर बस्यालले युवाहरुको हरेक सकारात्मक कार्यमा साथ र सहयोग रहने बताउनु भयो ।

कार्यक्रम युवाहरुको प्रतिनिधित्व गर्दै प्रेम बहादुर खड्काको अध्यक्षता, युवा समाजसेवी तारा प्रसाद बस्यालको स्वागत मन्तव्य तथा बिक्रम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो । यो कार्यक्रम निरन्तर रुपमा सन्चालन हुनेछ । प्रत्येक दिन १ घण्टा सन्चालन हुने यो कार्यक्रमले वडा भित्रका बिपन्न परिवारमा ठूलो राहत हुने बिश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend