साझा नेटवर्क
मधुसुधन पाण्डे,अर्घाखाँची भदौ १५ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सबै वार्ड कार्यलयहरुमा सफ्टवेयर जडान गरि राजस्व सङकलन गर्ने सेवा सुरु गरेको छ ।
राजस्व शाखा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ बाट सेवा ग्राहिलाई सेवा दिनका लागि अब राजस्व तिर्न नगरपालिकामा आउन नपर्ने र वार्ड कार्यलय बाट राजस्व संकलन गर्नेगरि सफ्टवेयर जडान गरिएको नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।
सफ्टवेयर सन्चालनको नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सुभारम्भ गर्नु भएको थियो । सुभारम्भ समारोहमा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी राजस्व शाखाका प्रमुख मुक्तिराम खनाल वार्ड सचिब पुस्पा भुसाल बिस्नु आचार्य लगायत कर्मचारी हरुको उपस्थितिमा सुभारम्भ गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend