साझा नेटवर्क
साझा नेटवर्क,धनगढी भदौ १४ ।
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए । पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
युवतीमाथि गत भदौँ ११ गते राति सामूहिक बलात्कार भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend