साझा नेटवर्क
गंगा भण्डारी,बुटवल भदौ १३ ।
लायन्स क्लब अफ मणिग्रामले पत्रकारहरुलाई सुरक्षा सामाग्री मेडिकल मास्क र सेनिटाईजर बितरण गरेको छ ।
समुदायमा कोरोना फैलिनबाट रोक्नको लागि सहयोग पुग्ने उदेश्यका साथ लायन्स क्लब अफ मणिग्रामले स्यानिटाईजर र माक्स बितरण गरेको हो । क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताउनुभयो । एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्था मध्ये यो फरक पहिचान बनाएर अघि बढेको बताउनुभयो ।
क्लबले आज मणिग्राममा एक कार्यक्रम गरि दुई दर्जन बढी पत्रकारलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend