साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं भदौ १२।
सरकारले नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गरि सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको छ । नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति निमवाली २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ। जसमा सरोकारवालाको मापदण्ड पुरा गरि अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने छ भएको छ ।
विमान व्यापारिक उडानमा भने लगाउन पाइने छैन । तर, यस्ता जहाजका लागि समेत हवाई उडान सुरक्षाका प्रावधान भने व्यवसायिक उडानसरह लागु हुने भएको छ ।
कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न पाउने छैनन् । १२ वर्ष पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा भएको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेकोमध्ये जुनसुकै अवस्थाको जहाज पनि नेपालमा खरीद गरी ल्याउन पाइने छैन । यसअघि १५ वर्षसम्म पुराना जहाज आयात गर्न सकिने प्रावधान रहेको थियो ।
आइकाओ र युरोपेली युनियनले लामो समयदेखि नेपालमाथि उठाइरहेको एउटा प्रश्न दुर्घटना जाँच सम्बन्धमा स्वतन्त्र संयन्त्रको पनि हो । वायुयानको दुर्घटना जाँचलाई विश्वसनीय एवम् प्रभावकारी बनाउन एक स्वतन्त्र, साधन स्रोत सम्पन्न दुर्घटना जाँच संयन्त्र स्थापना गर्ने मस्यौदामा उल्लेख छ ।
अन्तर्राष्ट्रिय वायुसेवा सन्चालन गर्ने कम्पनी स्थापना गर्दा ८० प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाइने भएको छ । फ्लाइङ स्कुल (तालीम तथा पठनपाठन)मा भने ९० प्रतिशतसम्म विदेशी लगानीको स्वीकृति दिने नीति सरकारले ल्याएको हो ।
आन्तरिक उडानमा लगातार ५ वर्ष सेवा गरेका वायुसेवा कम्पनी अब अन्तर्राष्ट्रिय उडानका लागि समेत योग्य हुनेछन् । यस्ता कम्पनीले त्यसपछि पनि कम्तिमा तीन वटा जहाजबाट आन्तरिक उडानलाई भने निरन्तरता दिनु पर्ने भएको छ । नयाँ स्थापना हुने वायुसेवा कम्पनीले कम्तिमा एक वर्षभित्र वायुयानको संख्या ३ वटा पु¥याउनु पर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend