logo
  • सोमबार, असोज १२ २०८३

२१ वर्षकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियबाट सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुुल्मी भदौ ११।
गुल्मीकी मृगौला पिडित युवतीलाई अष्ट्रेलियबाट सहयोग गरेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० निवासी २१ वर्षिय मृगौला पिडित युवती अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
अष्ट्रेलियामा रहेका निलम, पुनम र सोनम रेग्मीले आफुहरु र साथीहरुको सहयोगमा संकलित रु १ लाख १४ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकम सहयोगी निलम रेग्मीका बुवा भेषराज रेग्मीले मृगौला पिडित युवती अञ्जु बस्नेतको प्रभू बैंकमा रहेको खाता नम्बर १०५०११३६६४३०००१८ मा उक्त रकम जम्मा गरिदिएका हुन् ।
मृगौला पिडित युवती बस्नेत आर्थिक अभावमा उपचार गर्न नसकेपछि मृत्युसँग लडिरहेकी छन् । मृगौला पिडित युवतीको हाल काठमाडौंमा उपचार भइरहेको छ । उनको उपचार गर्न धेरै रकम लाग्ने र त्यो रकम जुठाउन नसकेपछि परिवारले सहयोगको याचना गरेका हुन्। घरपरिवारले बिक्री हुने ठाउँको जग्गा जमिन बेच्दा पनि उपचार गर्ने रकम जुटाउन नसकेको पिडित युवतीका बुवा नेत्रहादुर बस्नेतले बताए।
पिडित युवतीको उपचारको लागि घरबाट भएभरको खर्च गर्दा पनि सम्भव नभएपछि परिवारले सबैले सहयोग गरेर बचाइदिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend