logo
  • शनिबार, भाद्र २० २०८३

ईस्माको केन्द्र “ठाढुङ्गा” राख्नु उत्तम


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-बाबुराम महत ।
ईस्मा भन्ने बित्तिकै एउटा गर्वीलो ईतिहासलाई झल्काउने गर्दछ । बाईसे चौबिसे राजाहरूको पालादेखि अहिलेसम्म इस्मा क्षेत्रको एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ । यहाँको माटोले धेरै हस्तिहरु उब्जाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिङ्गो देश गुल्मी जिल्लाको यो इस्मालाई चिनाउन सफल भएको ज्वालन्त उदाहरणहरू छन् ।

संघिय संरचना अनुसार गाउँ गाउँमा सिहंदरवार भन्ने नारा थिए तिनि लागु पनि भैसकेको अवस्था छ । तर हाम्रो गुल्मी जिल्ला इस्मा गाउँपालिको पेरिफेरिमा रहेर हेर्ने हो भने । यसको नतिजा समग्र इस्मा बासिहरूलाई त्यति सुखद रहदै आएको छैन् । यहाँका अधिकांश जनप्रतिनिधि र सम्पुर्ण राजनीतिक दलको चरम लापरवाही गैर-जिम्मेवारीपन अक्रमन्डियताको चपेटामा सम्पुर्ण इस्माबासिहरू परेको तितो यथार्थ लुकाउन सकिदैन ।

स्थानीय निर्वाचन भएको छ महिना भित्र गाउँपालिको केन्द्रको विषयमा टुंगो लगाउने प्रावधान भएतापनि इस्मा गाउँपालिका भित्रको दुषित राजनिति खेल साथै जनप्रतिनिधिहरु निर्लज्जताको कारण निर्वाचन भएको आज तिनवर्ष बितिसक्दा पनि केन्द्रको टुंगो लगाउन सकेको अवस्था छैन ।

पहाडी ईलाका भौगलिक विविधता पक्कै हुन्छ तर सबैलाई पाएक पर्ने ठाउँ कुन‌ हो त ? गाउँपालिकाले निर्णय गर्न नसक्नु निर्लज्जताको पराकाष्ट हो । स्थानीय वुद्धिजिवि, समाजसेवी, स्थानीय बासिन्दा सबै दल विशेषलाई राखेर निर्णय नगरी त्यसैको जिम्मेवारी (नेकपा कम्युनिष्ट पार्टी) सत्ताधारी पाटीलाई दिनु र जिल्लामा बसेर स्थानीय तहको केन्द्र तोक्नु जनमतको खिल्ली उडाएको प्रष्ट हुन्छ ।

मानव बस्तीको बिचमा पर्ने भु-भाग एकातिर र केन्द्र राख्ने निर्णय अर्कोतिर कसरी सबै जनतालाई यसले समेट्छ । खोला नै मात्र सबैलाई पाएक पर्ने ठाउँ हो त, यो विषय गम्भीर र सोचनीय विषय छ । इस्मा गाउँपालिकाका ६ वटाको पाएक पर्ने यो ठाउँ कसरी हुन पुग्दछ । एउटा राजमार्गले छोयो भन्दैमा केन्द्र पर्छ भन्नु कत्तिको जनउत्तरदायी र सान्दर्भिक हुन्छ ? जनप्रतिनिधि र स्थानीय नेताहरुको आँखा खुल्नै पर्छ ।

सबैलाई आ-आफ्नो ठाउँमा केन्द्र लैजानको निमित्त संघर्ष गर्दै साम-दाम दण्ड भेद केके लगाउनुपर्ने हो लगाउदै आउनु भएको छ । तर इस्मा गाउँपालिका (६) वटा मध्येको बिच केन्द्र (३) वटा प्रश्न आउँछ, यसतर्फ ध्यानाकर्षण गराउन अनुरोध गर्दछु । तिन नम्बर वडाको ठाढुङ्गा बिच केन्द्र पर्न आउँछ ।

दोहली गाविसको कोटकोटरी र यता हस्तिचौर गाबिसको तालतुङ्ग, रातडाडा, मल्दि, जुकेपानी भने उता रजस्थल गाविसको अमरपुर, चौरासी, चापटारी टाढा रहेका ठाउहरु यिनै हुन यिनिहरु बिच केन्द्र ठाढुङ्गा हुन्छ । राजनिति खिचातानी गर्ने पर्दैन, ठाढुङ्गामा प्रयाप्त सरकारी जग्गा र भैतिक पुर्वाधार समेत तयार रहेको छ ।

बन्दै गरेको स्वास्थ्य चौकी बसिसकेको सानो बजारीकरण साथै खानेपानीका लागि डाडा खोला लिफ्टिङ्ग पानी आईसकेको अबस्था, उचित किसिमको ढल निकास गर्न सकिने ठाउँ भएको मदन भण्डारी राजमार्गबाट नजीकै ग्राबेल भैसकेको सडक । हर तरहबाट ठाढुङ्गा बिच केन्द्र पर्न आउँछ ।

यसको निर्णय यथाशीघ्र गर्नुको अर्को कुनै बिकल्प छैन । त्यसैले इस्मा गाउँपालिका वुद्धि जिबीहरूले छिनोफानो लगाउनै पर्छ । केन्द्र वडा नं (३) मा हुनुपर्छ, यिनमा पनि ठाढुङ्गा हरेक किसिमले संम्भावना छ । यहाँ रह्यौं भने बहुसंख्यक जनसमुदायमा लाभदायक र
प्रभावशाली अवश्य पनि हुनेछ ।

यदी आमबोट देखि छिनुवा र रजस्थलमा केन्द्र तोक्किन्छ भने यो विवादलाई उत्कर्षमा पुर्याउने मात्र हुनेछ । वडा नं (३)बिच केन्द्र हो त्यसमा पनि उचित ठाढुङ्गा हुन्छ, यसको अर्को बिकल्प छैन ।

लेखक : गुल्मीको ईस्मा ३ रामकोट घर भै बिगत लामो समयदेखि कतारमा कार्यरत छन् भने गुल्मी सेवा समाज कतारका सल्लाहकार हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend