logo
  • सोमबार, असोज १२ २०८३

हरिचन्द्र बचाऔ अभियान : विभिन्न ५ संस्थाद्वारा आर्थिक सहयोगका लागि अपिल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भदौ ९ ।
प्राणघातक रोग ब्रेनहेमरेजले समातेपछि हरिचन्द्रको परिवार बिचल्लीमा परेको छ । जोडजाम गरेको पैसा ब्रेन हेमरेजको ईलाजमा सकिएपछि परिवार बिचल्लीमा परेको हो । गुल्मी जिल्ला कालिगण्डकी गाँउपालिका वडा नम्वर आठ (साबिक) भुर्तुङ्ग निवासी ईन्द्र बहादुर घर्तीका छोरा डोल बहादुर घर्ती (गाँउमा हरिचन्द्र भनेर चिनिने) हाल पाल्पाको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण हस्पिटल प्रभास, पाल्पामा उपचारार्थ छन ।

पाल्पाका समाजसेबी तथा पत्रकार जगदिश भट्टराईको पहलमा हाल ब्रेन हेमरेज’को सल्यकृया भएर आईसियुमा रिकभरी गर्रहेका हरिचन्द्रलाई रकमको चरम अभाव भएको छ।ईलाजमा करिव चार लाख रकम लाग्ने भएपनि जोडजाम गरेको पैसा अन्य ट्रिटमेन्ट मै सकिएको छ । हाल उधारोमा सल्यकृया गरेर रिकभरी गरिरहेका हरिचन्द्रले हस्पिटलको बेडबाटै सहयोगको याचना गरेका छन ।

बिराउँ खेत, लगाँउ पानी बगेपछि फर्कदैन !
गर्ने सहयोग गरिहालौ, समयले पर्खदैन !!
आजभोली भन्दा भन्दै जिन्दगानी गुज्रनेछ !
आजलाई सहयोग गरौ भोली त्यसै सप्रनेछ !!

शरिर बलियो छँदा ढुङ्गो, माटो गरियो, चिलाउने र उत्तिसका निरल गजक्क बोकियो । तर अहिले यो हालतमा मर्नु न बाँच्नु बनेको छु । अप्रेसनमा जानुपुर्व मसिनो स्वरमा हरिचन्द्रले भने ।  सबैले सहयोग गरेर ठिक भएँ भने माटो मुछेर भएपनि ऋण तिर्छु हरिचन्द्र ले गहभरी आँशु पारे।हरिचन्द्र बचाउको लागि महालक्ष्मी युवा कल्वले पनि सहयोग रकम जम्मा गरिरहेको छ ।

हालसम्म कल्वको पहलमा ५० हजार सहयोग रकम उठेको कल्व अध्यक्ष प्रकाश ढकालले साझा नेटवर्कलाई बताएका छन। बुटवलबाट पनि सहयोगको लागि फट्टिक केसी, सागर केसी, प्रकाश शाह, टिका सुबेदी, सन्तोष पौडेल लगाएतले सहयोग जुटाउदै हुनुहुन्छ। तमेको जलमुहान युवा कल्वले पनि ५००० सहयोग गरेको जानकारी अध्यक्ष मनोज पौडेलले दिएका छन ।

भारतबाट पनि गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत)को रोहबरमा सहयोग रकम जम्मा भईरहेको अध्यक्ष टिका बहादुर कार्कीले साझा नेटवर्कलाई जानकारी दिनुभयो । त्यस्तै भारतको चेन्नाईबाट पनि शिव गिरीको पहलमा सहयोग रकम जम्मा भईरहेको छ । बुटवलबाट छापचौर -तराई सम्पर्क समाजले पनि १०,००० रुपैया आर्थिक सहयोग गरिसकेको छ भने भुर्तुङ्ग काठमाण्डौ सम्पर्क समाजले पनि १०,००० रुपैया आर्थिक सहयोग गरेको अध्यक्ष दिपक शर्माले जानकारी दिएका छन।

पाल्पामा रहेर युवा समाजसेवी सुरेश ढकालले पनि बिरामीलाई हरेक तहबाट सहयोग गरेका छन भने सोहि अस्पतालमा कार्यरत सागर शर्मा (पौडेल)बाट ईलाज रकममा केहि रकम छुट गर्ने बताउनु भएको । डा.सागरका अनुसार बिरामीले राम्रो रिकभरी गरिरहेको र हात, खुट्टा चलाउन थालेका छन ।

कृपया हजुरहरुले पनि देश, विदेशबाट आफ्नो गास कटाएर भएपनि सहयोग गरि दिएर पुण्य कमाउनुहोस । थप जानकारीको लागि पिडित हरिचन्द्रको श्रीमति लक्ष्मी घर्तीलाई ९८६७३००४२० मा सम्पर्क गर्न सक्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend