साझा नेटवर्क
साझा नेटवर्क,बुटवल भदौ ७ ।
बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत् उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. २ मुडुला निवासी ३८ वर्षिीय पुरूष छन् । उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
मृतक महिला साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमणसँगै उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै, मृतक पुरूषलाई भने भदौ १ गते कोरोना संक्रमण पुष्टिसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
श्रोत – सेतोपाटि
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend