साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
समाजसेवी तथा गायक बिजय कुमार मगर र चर्चित गायिका तारा श्रीस मगरको सुमुधुर स्वरमा सजिएको “सानी सानि” बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
शरद पाण्डेको शब्द रचना, संगीत सुरेस राना मगरको रहेको गितमा निरज थापाले संगीत संयोजन गरेका छन संगीत महल क्रीयसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा हाम्रो डान्स एकडेमी धरान टिमको अभिनय रहेको छ ।
लामो समयदेखि कतारमा कार्यरत गायक मगरले पहिलो एल्बम “माया होइन मैले” त्यस्तै दोस्रो एल्बम “ओठको हासो” बजारमा ल्याइसकेका छ्न भने तेस्रो एल्बम स्वरुप “सानी सानि” गीतलाई बजारमा ल्याएका हुन ।
मगर गायक मात्र नभएर उनि एक समाज सेवी पनि हुन । विश्वका बिभिन्न देशमा क्रियाशिल संस्था नेपाल मगर संघ शाखा कतारका वर्तमान अध्यक्ष समेत रहेका उनी आफ्नो मगर पहिचान, भेषभुषा, कला सस्कृती, रितिरिवाज बचाउन दिलो ज्यान दिएर लागि परेका छ्न ।
गीतको म्युजिक भिडियो युवा वर्गलाई लक्षित गरेर तयार पारिएको हुँदा दर्शक स्रोताले मन पराउने कुरामा ढुक्क रहेको मगर बताउछन। मगरले प्रवासबाटै नेपाली गीतसङ्गीत तर्फ एकदमै लगाव रहेको बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend