logo
  • शनिबार, भाद्र २० २०८३

जापानको खोलामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालिको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

संगिता कुँवर जापान , भाद्र ४ ।
गुल्मी आँपचौरका एक नेपालीको जापानको खोलामा पौडि खल्नेक्रममा डुबेर  मृत्यु भएको छ ।

विगत ५ वर्षदेखि श्रीमती सहित जापानमा रहँदै आएका त्रिकामणी गैरेको गत सोमबार खोलामा डुबेर निधन भएको हो । राजधानी टोकियो स्थित एदोगावा नामक खोलामा डुबेका हुन् ।

कुक पेशामा जापान आएका उनी श्रीमती सहित टोकियोको सिनकोईवा भन्ने ठाउँमा बस्दै आएका थिए । गैरेको स्थायी घर गुल्मी मुसिकोट नगरपालिका आँपचौर भएतापनि पछिल्लो समय उनका २ छोरा र आमा लगायतको परिवार बुटवलमा बस्दै आएका छन् ।

आँपचौर सेवा समिति जापानका निवर्तमान अध्यक्ष महेन्द्र अधिकारीका अनुसार उनको शव नदीबाट त्यहाँको स्थानीय प्रहरीले निकालेर अस्पतालमा पोस्टमार्टमका लागि लगेको थियो।

मृतक गैरेको अन्तिम दाहसंस्कार पनि जापानमै गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend