logo
  • सोमबार, असोज १२ २०८३

राहात वितरण गरी फोटोग्राफर संघले मनायो स्थापना दिवस


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, भदौ ३ ।
१८१औं विश्व फोटोग्राफी दिवसकाे अवसर पारेर गुल्मी फोटोग्राफर संघ गुल्मीले कोरोना भाइरस कोभिड १९ देखि सर्तकता अपनाउदै पिडितलाई सहयोग गरेको छ ।

गुल्मीको सदरमुकाम तम्घासमा राना डिजिटल स्टुडियो संन्चालन गर्दै आएका फोटोग्राफर जिवन रानाको भिषण हावाहुरी तथा पानीले बासनै क्षत विक्षत भएको र बस्‍ने समेत ठाँउमा समस्या भएपछि संघले आर्थिक सहयोग गरेकाे छ।

गुल्मी फोटोग्राफर संघ गुल्मीका अध्यक्ष हरी न्यौपाने सचिव राज कुमार सुनार र फोटोग्राफर हरुको उपस्तीथिमा संघले पाँच हजार रुपैंया नगद सहयोग गरेको हो । साथै गुल्मी जिल्लाका फोटो ग्राफरलाई संघले एकजुट भई अगाडि बढ्न र सघंले फोटोग्राफीमा आवद्ध सबैलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउदै प्रमाण पत्र समेत वितरण गरेकाे छ ।

उपस्थित भएका सबै फोटोग्राफर हरुलाई संघकाे लोगो अंकित टि-सर्ट पनि वितरण गरिएकाे छ । साथै संयोजक प्रकाश बस्नेत र संघका अध्यक्ष हरी न्यौपानेले संगठन बलियो र फोटोग्राफरहरुको पहिचान बनाउन लोगो अंकित टि-सर्ट सहयोग गरेको बताएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend