logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
१ भदौ, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले त्यसको सर्तकता स्वरुप जेष्ठ नागरिक र दिर्घरोगीलाई हिँड्डुलमा रोक लगाउने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दिर्घरोगी पहिचाहन गरेर उनिहरुलाई अत्यावश्यक काम बाहेक हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ । सम्बन्धित पालिकाहरुले दिर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

त्यस्तै पालिकाभित्र कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सम्बन्धीत पालिका र पालिका अन्र्तगतको कुनै निश्चित क्षेत्र शिल गर्नुपर्ने अवस्था आएमा डिसिसीएमसीसँग समन्वय गरि गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शव वाहन खरिद प्रक्रिया अगाडी बढाइने भएको छ ।

त्यसको लागि सम्बन्धीत क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । त्यस्तै पालिकाहरुले भिटिएमको व्यवस्था गरेर बढि भिडभाड हुनेक्षेत्र पहिचाहन गरेर स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पिसिआर परिक्षण गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend