logo
  • सोमबार, असोज १२ २०८३

इस्मा गाउँपालिकाको केन्द्र नेकपा गुल्मीले टुङ्गो लगायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी साउन ३२ ।

इस्मा गाउँपालिकाको केन्द्र नेकपा गुल्मीले टुङ्गो लगाएको छ । स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद हुँदै आएको थियो ।


गाउँपालिकाले पटक–पटक केन्द्रको बिषयमा छलफल गर्दा पनि केन्द्रको विषयमा सहमती जुटाउन सकेका थिएनन् । तत्कालिन समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडा नम्बर–५ को चापटारीमा विवाद भएपछि लामो समयसम्म केन्द्र विवाद बल्झिदै आएको थियो ।

केहि व्यक्तिहरुद्धारा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा रहेको रजस्थल लगायत माथिल्लो ठाउमा राख्नु पर्ने माग गरेका हुँदा विवाद टुङ्गो लागेको थिएनन् । नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर–५ को आम्बोटदेखी वडा नम्बर–१ को छिनुवासम्म डेढ किलोमीटरको दुरिमा राख्ने गरि तय गरिएको नेकपा गुल्मीका सचिव बिरबहादुर कार्कीले जानकारी दिए ।

धेरै लामो बहस छलफलपछि अन्य विकल्प नभएकोले यो निर्णय गरिएको नेकपा गुल्मीले जनाएको छ । जिल्ला पार्टी कमिटीले गरेको प्रस्तावलाई इस्मा गाउँपालिकाको पार्टी कमिटी, वडा कमिटीका अध्यक्ष, सचिव, निर्वाचित वडा अध्यक्ष, इस्मा गाउँपालिका भित्रका जिल्ला कमिटी सदस्यहरु, जिल्ला पार्टीको कार्यालय, प्रदेश तथा केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न बैठकबाट यो निर्णय सर्वसम्मत रुपमा गरिएको नेकपा गुल्मीका सचिव कार्कीले जानकारी दिए ।

जिल्लामा २ नगरपालिका र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाको केन्द्रमा मात्रै बिवाद रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend