logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा खान अयोग्य १ सय लिटर मदिरा नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी साउन ३२ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामद गरि राखेको १ सय लिटर मदिरा नष्ट गरेको छ । खाना अयोग्य अवैध मदिरालाई तम्घासको राखिनेडाँडा स्थित दम्पीङ्ग साइड नजिकै नष्ट गरिएको हो ।

प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको खाना नमिल्ने पलाष्टिकको बोतलमा रहेको करिव १ सय लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । खाना नमिल्ने र म्याद गएको मदिरालाई नष्ट गरिएको थियो ।

प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सुरु गर्दै आएको छ । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रणमा चासो देखाउदै आएको छ ।
घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मुख्य गरि मदिराको कारण बन्ने गरेकाले पनि अवैध मदिरालाई प्रहरीले नियन्त्रण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend