logo
  • शनिबार, साउन ३० २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

जोगिन्द्र मल्ल, प्यूठान साउन ३१ ।

गौमुखी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. २०७६/०७७ को २ दिने सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गोष्ठीमा अध्यक्ष गिरीले स्वास्थ्य मानिसको जिवन सङ्ग मेल खाने भएकोले आफु हरदम सहयोग र सहकार्य गर्न तयार रहेको ,र कोभीड १९ को महामारी फैलिरहेको सन्दर्भमा दुर्गम गाउँका बिरामीलाई सहज होस भनेर एम बि बि एस डाक्टर द्वारा सेवा प्रदान गरेकोले अहिले बिरामीको भिडभाद हुन थालेको बताउदै आबस्यक औषधि तथा स्वास्थ्य सामग्री ब्यबस्थापन एबम सेवा बिस्तार गरि कर्मचारीलाई उत्साह, अनुशासन, इमानदारीका साथ जिम्मेवारी बहन गर्न आग्रह गर्नु भयो ।

त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले कोरोना भाइरसको महामारीमा स्वास्थ्यका कर्मचारीहरुले अग्र स्थानमा रहेर काम गरेकोले धन्यवाद दिदै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराएको बताउनु भयो ।

सो गोष्ठीमा गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य इकाई  र सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरुको उपस्थित रहेको थियो । भने गोष्ठीको सहजीकरण कौशलराज बैध ,हरि प्रसाद जैसी, केशव केसि लगायतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend