logo
  • सोमबार, असोज १२ २०८३

जन्मदिनको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान साउन ३० ।

पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको जन्मदिनको अवसरमा जिल्ला अस्पताल विजुवारमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ ।

पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको ९८ औँ जन्मदिनको अवसरमा टंक वहादुर विष्ट स्मृति प्रतिष्ठानले आज जिल्ला अस्पताल विजुवारमा रहेका ४५ जना विरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्टले बताउनुभयो ।

प्युठान अस्पताल स्थापना गर्नमा स्वर्गीय विष्टको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँको जन्मदिनको अवसर पारी अस्पतालबाटै सामाजिक काम स्वरुप बिरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्टले भनाई छ । स्वर्गीय विष्टको व्यक्तित्व, ईमान्दारिता, निष्टालाई समाज रुपान्तरणमा आवश्यकता ठानी उहाँको सदैव सम्झनाका लागि सामाजिक काम गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो । उहाँले भन्नुभयो, “ आगामी दिनमा पनि स्वर्गीय विष्टको स्मरणका लागि अन्य सामाजिक काम समेत गरिनेछ” ।

फलफुल वितरण कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पन्थीले स्वर्गीय विष्टको अस्पताल स्थापना गर्दा योगदान महत्वपूर्ण भएको चर्चा गर्दै विष्टले देहत्याग गरे पनि प्रतिष्ठान मार्फत उहाँलाई सम्झने खालका कामहरु गर्दै जान उहाँले आग्रह गर्नुभयो । बिरामीहरुलाई फलफुल वितरण गरेकोमा धन्यवाद दिदै उहाँकै पहलमा स्थापना भएको यो अस्पतालमा सदैव उहाँको सम्झनाका लागि केहि नयाँ काम गर्नुपर्नेमा उहाँको जोड छ ।

पूर्व सहायक गृह राज्यमन्त्री समेत हुनुभएका विष्टको गत ०७६ माघ ८ गते ९७ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend