साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी साउन ३० ।
गुल्मीमा अज्ञात समुहले मोटरसाइकलमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा अज्ञात समुले आगजनी गरेका हुन् ।

लु ३९ प ५२४३ नम्बरको ‘वान् फिप्टि’ मोटरसाइकलमा राति करिब २ बजेको समयमा आगो लगाएका पन्थीले बताए । मोटरसाईकल पन्थीटोलमै बनाइएको तरकारी संकलन केन्द्रभित्र राखिएको थियो । तर उक्त समुहले भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगो लगाएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर चुडा पुनले जानकारी दिए ।
घटनाको बिषयमा प्रहरीले मुजुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । स्मरण रहोस्, असार १७ गते सोहि ठाउँबाट मोटरसाइकल निकाली बाटोतफ फालिएको थियो भने त्यसको एक हप्तापछि उनको बारिको तरकारीको बिरुवामा क्षति पु¥र्याइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend