साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन ३० ।
लायन्स क्लव अफ बुटवल जितगढीले गुल्मीका पहिरो प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकामा पहिरोबाट बिस्थापित भएका परिवारलाई राहत वितरण गरिएको क्लवका अध्यक्ष इन्द्रबहादुर विष्टले जानकारी दिए ।

क्लवले १ सय घरपरिवारलाई राहत स्वरुप चामल बितरण गरेको विष्टले जानकारी दिए । राहत क्लवका तर्फबाट प्रतिनिधि र नगरपालिका, गाउँपालिका अध्यक्ष, लगायतको सहभागितामा प्रदेश ५ का सांसद कमलराज श्रेष्ठद्धारा वितरण गरिएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा सहयोग गर्न क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टको अध्यक्षतामा सहयोग संकलन गरिएको थियो । पहिरो प्रभावितलाई सहयोग गर्न प्रमुख पि.डि.जि. महेन्द्र नारायण श्रेष्ठ, स्टाटेटिज प्रमुख अर्जुन मा सैजु डिस्ट्रिक स्टाटेजिक योजना प्रमुख योगेश घिमिरेले सहयोग गरेका थिए ।
त्यस्तै एरिया नम्बर–४ प्रमुख सन्दिप कशौधन, एरिया नम्बर ४ सचिव यश क्लब का चार्टर अध्यक्ष झबिलाल घिमिरे, रिजन पर्सन भरत श्रेष्ठ, जोन चेयर पर्सन भुपेन्द बहादुर थापाले सहयोग गरेका थिए । क्लबका पुर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल,निवर्तमान अध्यक्ष बाबुराम अधिकारी, कार्यक्रमका संयोजक कोषाअध्यक्ष राजेश घिमिरले राहत ढुवानी सहयोग गरेका थिए ।
राज खनाल, सुदिप थापा, क्लबका प्रथम उपाध्यक्ष अमृत भुसाल, द्वीतिय उपाध्यक्ष दिनेश भुसाल, तृतिय उपाध्यक्ष नवराज पंगेनि, सचिव विरु क्षेत्री, राज खनाल,सुदिप थापा, प्रकाश गैरे, हिम्मत आचार्य, विशाल जिसि, ज्ञानु ज्ञवाली, खेमराज घिमिरे लगायतको सहयोग रहेको थियो । क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टले राहत वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend