logo
  • शुक्रबार, असोज ९ २०८३

विनायक सिद्ध कलेज चावहिलद्वारा एस.ई.ई अनलाईन नृत्य प्रतियोगिता हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गणेश क्षेत्री, काठमान्डौ साउन २९।
विश्व महामारी कोरोनालाई मध्येनजर गर्दै विनायक सिद्ध कलेज चाबहिल काठमाण्डौले बिगतका वर्ष जस्तै निरन्तरता दिदै यसवर्ष पनि तीज विशेष कार्यक्रम अन्तर्गत SEE Onlion Dance competition -2077 गर्ने भएको छ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विनायक सिद्ध कलेज चाबहिलले शिक्षाका अतितिक्त विद्यार्थीको बौद्धिक विकासका लागि विभिन्न सास्कृतिक, खेलकुद लगाएतका गतिबिधिहरु समेत संचालन गर्दै आएको छ । त्यसैक्रममा नेपाली मौलिक कला सस्कृतिको उत्थान, संरक्षण तथा प्रबर्द्धनका लागि बिद्यार्थी भित्र रहेको प्रतिभालाई उजागर गर्नको लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उक्त प्रतियोगितामा भाग लिनको लागी देशै भरीका एस ई ई मा सहभागी भएका छात्राहरुले यही साउन ३० गते भित्र आफ्नो नाम दर्ता गराउन बताईएको छ।सो कार्यक्रममा सहभागी हुनका लागि विनायक सिद्ध कलेजको Facebook Page Like/Follow गरि त्यहाँ Post गरिएको Google Form को Link मा Click गरि Form https://bit.ly/33Y4ZKp भरेर submit गर्नुपर्नेछ ।

प्रतियोगी द्वारा प्रस्तुत भिडियो यहि आउदो २०७७ साल भाद्र ३ गते भित्र प्रतियोगी को नाम, थर, विध्यालयको नाम र ठेगाना सहित कम्तिमा २ देखि ३ मिनेटको भिडियो पठाउनुपर्ने छ ।  प्रतियोगीले भिडियो पठाउदा अनिवार्य तिजको गीतमा नृत्य हुनुपर्ने कलेज प्रशासनले जानकारी गराएको छ।

त्यसैगरी प्रतियोगितामा सहभागिता हुनको लागि प्रस्तुत गीतमा सुहाउँदो भेषभुषा पनि हुनुका साथै विनायक सिद्ध कलेज काठमाण्डौको इमेल [email protected] मा पठाउनु पर्ने छ। प्रतियोगितालाई दुई भागमा बिभाजन गरिएको छ।पहिलो समूह अन्तर्गत +2 लेभलका छात्राहरु तथा दोस्रो समुहमा बेचलर लेभलका छात्राहरुले मात्र सहभागी हुन पाउने छन। यद्यपि प्रतियोगितामा समाबेश हुन कुनै शुल्क नलाग्ने बताईएको छ।

प्रतियोगितामा दुबै समुहबाट प्रथम, द्वितीय र तृतिय हुने २/२ जना छात्राहरुलाई पुरस्कृत गरिनेछ । निर्णायक मण्डलको भुमिकामा बरिष्ट नृत्य निर्देशक तथा बज्रयोगिनी म्युजिक तथा डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा डि. डान भक्तपुरका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक दक्षिणा लामाले गर्ने भएका छन ।

प्रतियोगितामा बिजेता हुनेहरुमा प्रथम स्थान हासिल गर्ने छात्राले कक्षा ११ को अध्ययनमा १००% छात्रवृत्ति, ५००० नगद पुरस्कार र प्रमाणपत्र, दोश्रो स्थान गर्ने छात्राले ७५% छात्राबृती, ३००० नगद र प्रमाणपत्र र तेस्रो स्थान गर्ने छात्राले ५०% छात्रवृत्ति, २००० नगद र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

त्यसैगरी बिजेताहरुको नाम विनायक सिद्ध कलेज चाबहिलको आधिकारिक फेसबुक पेज मार्फत घोषणा गरिनेछ भने कार्यक्रममा सहभागी हुने सम्पुर्ण छात्राहरुलाई शैक्षिक बर्ष २०७७/२०७८ मा भर्ना गर्दा मासिक शुल्क बाहेक सम्पुर्ण शुल्कमा छुट गरिने तथा सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिने क्याम्पस प्रमुख राम कृष्ण सिंखडाले बताएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend