logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा घर माथीबाट खसेको ढुंगाले लागेर ४ जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन २७ ।
अबिर वर्षासँगै गुल्मीमा घर माथीबाट खसेको ढुंगाले लागेर ४ जना घाइते भएका छन् । मंगलवार साँझ जिल्लाको मुसिकोट ननगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घरमाथीबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढुंगाले लागेर घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षिय मानबहादुर सुनार, ३० वर्षकी पुतली सुनार, ४० वर्षका बिष्णु सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेकाले थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

सोहि स्थानमा ३ जनाको परिवार बिस्थापित भएका छन् । वर्षातसँगै ढुंगा खस्ने र पहिरो समेत जानसक्ने भएकाले छबि खरेल, मोटु कुमाल, र मनबहादुर सुनारको परिवार बिस्थापित भएका छन् । बिस्थापितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend