logo
  • शुक्रबार, असोज ९ २०८३

गायक हुम गैरेको एकल लोकगीत “निस्दी तरेर” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देवेन्द्र केसी ।
बिशाल मुभिज प्रालि मार्फत चर्चित लोक गायक तथा सर्जक हुम गैरेको मार्मिक एकल लोक गीत निस्दी तरेर बजारमा सार्वजनिक भएको छ । बिभिन्न शिलशिला अनि कार्य ब्यस्तताका कारण आफ्नो जन्म घर छोडी धेरै टाढा रहनु पर्ने बाध्यता संगै जन्मेको,हुर्केको,खेलेको गाउँ ठाउँँको स्वर्णीम याद गीत मार्फत गरियको छ ।

गायक गैरे कै लय,शब्द तथा निर्देशन रहेको गीतलाई धिरज खत्रीले खिचेका छन् भने गीतमा बरिष्ठ चलचित्रकर्मी रमा थपलिया,हुम गैरे, रमा ठकुरी र भुवन चौलागाईको जिबन्त अभिनय रहेको छ । झरी परेर घर छेउ कै बर पिपल पहिरोले बगायको निस्दी खोला उर्लियका कारण बाटो घाटो बन्द भई गाउँ फर्किन नपाएको सामाजिक यथार्थ बिषय बस्तु गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरीयको छ ।

चर्चित हुन, हिट हुन, ब्यवसाय गर्न भन्दा नी नितान्त आत्म सन्तुष्टीका लागी यो गीत गायको गीतका गायक गैरे बताउँछन् । मर्म स्पर्सी एकल लोक गीत निस्दी तरेरलाई सफल्ताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend